गरिमा विकास बैंकले दियो असार महिनाको ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 04:31:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गरीमा विकास बैंक Garima Bikas Bank Limited  ले असार महिनाको ब्याज रकम छुट गरेको छ । 'हायर पर्चेज' शीर्षक कर्जा लिएका ऋणीहरुलाई बैंकले असार महिनाको ब्याज छुट गरेको हो । 

बैंकले “हायर पर्चेज” शीर्षक कर्जामा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको छुट बाहेक थप छुट दिएको जनाएको छ । असार मसान्त भित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ ।

महामारी तथा लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि “हायर पर्चेज”शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved