मुक्तिनाथ विकास बैंकको नियमित किस्ता तिर्दा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 01:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले नियमित किस्ता तिर्ने ग्राहक तथा ऋणीलाई तिरेको रकमको १० प्रतिशत छु दिने भएको छ । बैंकले ल्याएको 'मुक्तिनाथ ग्राहक विशेष लाभ योजना' अन्तर्गत नियमित किस्ता तिर्ने ग्राहकले उक्त सुबिधा पाउने भएका हुन् । बैंकले विभिन्न कर्जाहरुमा सीमित अवधिकालागि विभिन्न सेवा तथा सुविधाहरु प्रदान गर्नेछ ।

जसअन्तर्गत न्युनतम ब्याजदर, ४८ घण्टा भित्र कर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा १० प्रतिशत छुट र एक वर्षसम्मकर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरीने जस्ता योजना बैंकले अघि सारेको हो । त्यस्तै कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र, विना सुरक्षण शुल्कमा लकर सुविधा लगायतका सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । 

यसका साथै, बैंकबाट कर्जा लिने ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । 

बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved