शाइन रेसुङ्गाद्वारा कोरोना प्रभावितलाई ८ करोड छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 10:21:23 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक Shine Resunga Development Bank Limited ले कोरोनाबाट प्रभावितहरुका लागि ब्याज छुट गरेको छ । कोरोना भाइरस प्रभावितहरुका लागि नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको हो । 

यसका साथै बैंकले सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको जानकारी बैंकले दिएको हो । यस्तै चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तसम्ममा भुक्तानी गरेका ग्राहकहरुलाई राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले ३५ लाख रुपैयाँ छुट गरेको बैंकले जनाएको छ । 

नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तीगत घर कर्जामा वार्षिक ९.५० प्रतिशतमा प्रवाह गर्नेे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए  । 

बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ । बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालयमार्फत सेवा दिदै आइरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved