
 2mb (1).gif)
महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले आवास कर्जा र उद्यमशील कर्जा अन्तर्गत योजना ल्याएको छ । बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी घर कर्जा र उद्यम गर्न चाहानेहरुका लागि उद्यमशील कर्जा याजना ल्याएको हो ।
बैंकले उक्त दुवै कर्जा ९.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जानकारी दिएको छ । त्यस्तै कर्जा शुल्कमा पनि विशेष छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार आवास कर्जायोजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष रहनेछ । दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता सुविधाहरु समेत प्रदान गर्ने बंैकले जनाएको छ । त्यस्तै उद्यमशील कर्जा योजना अन्तर्गत धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाहगर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
उक्त कर्जाहरु बैंकका सम्पुर्ण शाखाहरुबाट लिन सकिने बैंकले जानकारी दिएको छ । बैंकले देशभर रहेका १०२ वटा शाखाबाट सेवा दिदै आइरहेको छ।