मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिले शर्मालाई स्वतन्त्र संचालकमा शुक्रबार नियुक्त गरेको हो ।
उनसँग नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिब ३९ वर्ष कार्य गरेको अनुभव छ । व्यवस्थापन विज्ञको रुपमा समेत परिचित शर्मा विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।
शर्माले बेलायतको लिभरपुल विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रसाशन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिज्नेस प्रसाशन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् ।
बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ ।