किन अस्वीकृत भयो शाईन रेसुंगाको हकप्रद ? यसो भन्छन् सीइओ पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 11:42:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शाईन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited  लाई हकप्रद निष्काशन गर्न रोक लगाएको छ । कम्पनीले ४:१ को अनुपातमा हकप्रद  निष्काशन गर्नको लागि विशेष साधारणसभाबाट पारित गरी राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएको थियो । राष्ट्र बैंकले कम्पनीको उक्त हकप्रद निष्काशन प्रस्ताव अस्वीकृत गरेको हो 

कम्पनीले  आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो  । लाभांशपछि बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६३ लाख पुगेको छ । बैंकले हकप्रद मार्फत चुक्ता पुँजी ३ अर्ब ६७ करोड २० लाख पुर्याउने प्रस्ताव गरेपनि राष्ट्र बैंकले उक्त प्रस्ताव अस्वीकृत गरेको हो  ।बैंकमा संस्थापक शेयर समुहको स्वामित्व ५४.८५ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४५.१५ प्रतिशत कायम गर्न भने राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ  ।    

किन अस्वीकृत भयो हकप्रद ?

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल हकप्रदलाई अस्वीकृत गर्नुको कारण राष्ट्र बैंकले नदिएको बताउछन् ।  यद्यपि बैंकले राष्ट्रिय स्तर हुनु भन्दा अगाडी राष्ट्रिय स्तरको बन्नको लागि हकप्रद प्रस्ताव गरेको र अहिले राष्ट्रिय स्तरको बनिसकेपछि थप पुँजी आवश्यक नभएकोले अनुमति नदिएको हुन सक्ने उनले बताए । राष्ट्रिय स्तरको बन्नको लागि कम्पनीले लाभांशबाट नै पुँजी पुर्याईसकेको छ ।   उनले भने 'हकप्रदबाट पुँजी मात्र बढ्ने देखियो, वासलातको आकार मात्र बढाउन अनुमति नदिएको हुन् सक्छ' ।   

उता राष्ट्र बैंकले भने आवश्यकताको आधारमा मात्र हकप्रदको स्वीकृति दिईने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved