
सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच सहकार्य भएको छ । बित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पुर्याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
क्वेस्ट कलेजका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा हस्ताक्षर भएपश्चात बैंकका कर्मचारीहरुले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ ।