कामना सेवाका कर्मचारीले स्वास्थ्यसम्बन्धी परामर्श सन्चो क्लिनिकबाट लिन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा Kamana Sewa Bikas Bank Limited बैंक र डा.सन्चो क्लिनिकबीच स्वास्थ्यसम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी  डा. सन्चो क्लिनिकसँग सहकार्य गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 

सेवामा खटिएका कर्मचारीहरुको सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि सम्झौता गरेको उनले बताए ।  सम्झौता भएसँगै बैंकका कर्मचारीहरुमा स्वास्थ्यसम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसंग परामर्श गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved