कामना सेवा विकास बैंकद्वारा ब्याज छुटको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 05:02:27 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले ऋणीलाई ब्याज छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र यसबाट विशेष गरी यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसाय सबै भन्दा बढी प्रभावित भएको हुंदा यस क्षेत्रको व्यवसायको लागि कर्जा लिएका ऋणीलाई छुट योजना ल्याएको हो  ।

योजना अन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्त सम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकहरुलाई श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशत सम्म व्याज रकममा छुट दिइसकिएको बैंकले जनाएको छ ।

बैंकले उक्त समयसीमा भित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले समेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९५ कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायी महानुभावहरुले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने विश्वास लिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved