मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंका अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 01:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  का ग्राहकले काठमाडौंका विभिन्न ५ अस्पताल तथा क्लिनिकमा छुट पाउने भएका छन् । बैंकले काठमाडौंका विभिन्न ५ अस्पतालसंग गरेको सम्झोता अनुसार ग्राहकले यस्तो छुट सुविधा पाउने भएका हुन् ।

बैंकका अनुसार ग्राहकले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजनकन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थकियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा उपचारगर्दा छुट पाउनेछन् । ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबारका लागि प्रोत्साहन गर्र्न छुट सम्बन्धी सम्झौता गरेको बैंकले जनाएको छ ।

सम्झौतामा पश्चात बैंकका ग्राहकहरुलाई नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीकालागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था रहेको उल्लेख छ । त्यसै गरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजनकन्सर्नकाविभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, डाक्टर अन कलको विभिन्न सेवा लिदा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । त्यस्तै, सेवा अन्तर्गत स्वास्थ्य सम्बन्धी सेवाजस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिने बैंकले जनाएको छ ।

त्यसै गरी, सुरिया हेल्थकियरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धीसेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थीतिलाई लक्षित गरी पीसीआर परिक्षणमा ४०० रुपैयाँ छुटको व्यवस्था उक्त सम्झौतामा उल्लेख छ ।

यसैगरी, सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि ग्राहकले पीसीआर परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुट पाउने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved