
सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई बिना धितो लोन दिने भएको छ । बैंक र एसोशियशनबीच बैंकिङ सेवा उपलब्ध गराउने सम्झौता भएसंगै एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुले यस्तो सुविधा पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।
बैंकका अनुसार उक्त कर्जा अन्तर्गत कर्जावालाई एक लाखसम्मको कोरोना बीमा निशुल्क प्रदान गरिने छ । बैंकका विभिन्न शाखाहरुबाट उक्त सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ९१ शाखा कार्यालयहरु र ३० एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।