सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अञ्चल अस्पतालाई ३० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 05:05:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले  नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३० लख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले गरेको उक्त सहयोगले अस्पताललाई ७२ शैयाको कोिभड अस्पताल बनाउन सहयोग हुनुका साथै कोभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्ने जनाइएको छ । उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकका नेपालगन्ज कलस्टर प्रमुख जयन्द्र खडकाले अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई उक्त रकम बराबरको चेक  हस्तान्त्तरण गरेका हुन् । 

बैंकले ९१ वटै शाखाबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved