मुक्तिनाथ विकास बैंकबाट चेक बिना रकम झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 03:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिना विकास बैंक Muktinath Bikas Bank Limited  बाट चेक बिना नै रकम झिक्न पाईने भएको छ । बैंकले महामारीको परिस्थितिमा ग्राहकलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले बिना चेक रकम झिक्न सकिने ई-टेलर सेवा सञ्चालन गरेको हो । 

ई-टेलर मार्फत ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ । बैंकको सबै शाखाहरुमा उपलब्ध रहेको उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन् । बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी सेवाहरु प्रदानगर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved