
 2mb (1).gif)
गरिमा विकास बैंक Garima Bikas Bank Limited ले एकै साथ ६ वाटा शाखा सञ्चालनमा ल्याएको छ । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
बैंकले उपत्यकाबाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यकाभित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकै दिन ६ वटा शाखासंचालनमा ल्याएको हो ।
बैंकले काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटमार्फत सेवा दिदै आइरहेको छ ।