सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होमलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 06:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले अपाङ्गता तथा बालबालिका स्याहार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले लालितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होप स्याहार केन्द्रलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

बैंकले गरेको यस आर्थिक सहयोगले संस्थामा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने जनाइएको छ । बैंकका नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशिले संस्थाकी अध्यक्ष सुमती कर्माचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved