सांग्रिला डेभलपमेन्टका ग्राहकलाई ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 05:55:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले ऋणीहरुलाई ब्याज रकममा छुट दिने भएको छ । ऋणीहरुले असोज मसान्तभित्र चुक्ता गर्नुपर्ने रकम समय अवधिमा नै चुक्ता गरेमा व्याज रकमको १२ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । 

ऋणीले असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम समय भित्रनै भुक्तानी गरेमा ब्याज रकमको १२ प्रतिशत छुट पाउने छन् । तर, उक्त छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा भने लागु नहुन बैंकले जनाएको छ । 

यस्तो छुटले ऋणीलाई विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वार रहेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved