कामना सेवालाई संस्थागत परामर्श नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले प्रदान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 10:18:57 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  को संस्थागत परामर्श सेवाको कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग Nabil Investment Banking  ले गर्ने भएको छ । बैंक र कम्पनीबीच बिहीबार भएको सम्झौतासंगै नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग कामना सेवाको संस्थागत परामर्श सेवाको रुपमा रहेन छ ।

सम्झौतामा बैंकका प्रमुख कार्याकारी अधिकृत प्रबिन बस्नेत र कम्पनीका प्रमुख कार्याकारी अधिकृत सबिन वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतासंगै बैंकले संस्थागत परामर्श सेवा अब उक्त कम्पनीबाट पाउनेछ । 

संस्थागत परामर्श सेवा: 

विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अर्को शब्दमा भन्दा फाइनान्सिय एडभाइजरी तथा वित्तिय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो ।

नविल ईन्भेष्टमेण्ट बैङ्किगले वित्तिय क्षेत्रमा पूँजीको परिचालन, लगानीका सम्भावित क्षेत्रहरू, सम्भावितनाफा, जोखिमको अवस्थिति, मुल्यांङ्कन लगायतका बिषयमा परामर्श दिने गर्दै आएको छ । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न पनि संस्थागत परामर्शदाताको आवश्यकता खोजीहुने गरेको पाईन्छ । यसका साथै व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजीका साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी, सहयोगी भुमिका निर्वाह गर्दछन् । विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायकहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । संस्थागत परामर्श सेवा आफैमा एउटा छुट्टै उद्योग हो । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राष्ट्रिय आय र उत्पादकत्वलाई बृद्धि गर्न सहयोग गरिरहेको हुन्छ । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना तथा कम्पनीलाई विभिन्न हिसाबले सहयोग गरी एउटा भिन्न पहिचान, मुल्यसिर्जना गर्न सक्षम भएकोले गर्दा नै यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ । 

वित्तिय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्यप्रणालीले गर्दा नेपालमापनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायीहरुले व्यवसायीकरुपमा बढाउँदै लगेका छन् । परामर्श सेवा लगानीका क्षेत्रमा मात्रै सीमित नभई यसले वित्तीय क्षेत्रमा अन्यविभिध सेवाहरु प्रदान गर्दछ । नाफामुलक संस्थाले मात्र नभएर गैह्र नाफामुलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् । 

२०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाईसेन्स दिएपछि संस्थागत परार्मश सेवाको औपचारीक सुरुवात भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved