मुक्तिनाथ विकास बैंकद्वारा बसपार्कलाई पिउने पानी ट्याङकी हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 01:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको हो ।

उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कायक्रममा प्रमुख अतिथि दिपक थापाले बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved