सुजुकी गाडी किन्दा सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 09:47:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले सुजुकी गाडी किन्दा कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सिजि मोटो कर्पबीच मंगलबार भएको कर्जा उपलब्ध गराउने सम्झौता भएको हो । 

 सम्झौतामा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र कम्पनीका महाप्रबन्धक सिराज पन्तले  हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले सुजुकी ब्राण्डको गाडीे खरिद गर्दा गाडीको मूल्यको ५० प्रतिशत कर्जा उपलब्ध गराउने भएको हो । बैंकले ९.५ प्रतिशत ब्याजदरमा सो यस्तो कर्जा प्रदान गर्ने भएको हो । 

बैंकको ९१ वटै शाखाबाट सो कर्जा पाउँन सकिने जनाइएको छ । 

सिजि मोटो कर्प नेपालका लागि सुजुकीको एकमात्र आधिकारिक बिक्रेता हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved