मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकलाई प्रोफेशनल कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 02:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  बाट लेखापरीक्षकहरुले कर्जा पाउने भएका छन् । बैंक र नेपाल अडिटर्स एशोसिएसन (अडान) बीच सोमबार भएको सम्झौता अनुसार लेखापरीक्षकहरुले सहज रुपमा कर्जा पाउने भएका हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल र अडानका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका हुन् ।

अडानमा अवद्ध आजीवन सदस्यलाई बैंकले विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । बैंकले आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने दावी गरेको छ । 

अडानले लेखा व्यबसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितकालागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रियकार्य समिति रहेका छन् ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved