महालक्ष्मी विकास बैंकद्वारा बगैचा हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 06:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले बगैचा पुनःनिर्माण गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ । बैंकले ललितपुरको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी स्वस्तिक बगैचा मर्मत तथा पुनःनिर्माण गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको हो । 

उक्त बगैचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य समेत प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved