महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले Visa Contactless कार्ड सेवा सञ्चालनमा ल्याएको छ । Visa Contactless कार्ड Near Field Communication (NFC) मा आधारित प्रविधि हो ।
उक्त कार्डमा प्रत्यक्ष स्पर्श नगरिकन POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ । यस्तो सुविधा सञ्चालनमा ल्याउने महालक्ष्मी विकास बैंकहरु मध्ये प्रथम हो । यस कार्डको प्रयोगबाट विश्वभर संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ ।