महालक्ष्मी विकास बैंकले ल्यायो 'कर्पोरेट पे' प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 01:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ।  यसै सम्बन्धमा बिहीबार बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको हो ।

सम्झौतामा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य  विभिन्न व्यावसायिक भुक्तानी गर्न सकिन्छ ।

यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास रहेको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved