महालक्ष्मी विकास बैंकद्वारा व्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 05:40:59 PM मा प्रकाशित

ntc

महालक्ष्मी बिकास बैंकले १२ सय ५० जना व्यवसायिको व्याज घटाएको छ ।  बैंकले १२ सय ५० जना व्यावसायिको ७२ करोड रुपैयाँ भन्दा बढी व्याज घटाएर ५ प्रतिशत कायम गरेको हो । 

कोरोनाका कारण ग्राहकहरुको उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै लघु घरेलु तथा सानाउद्यम संचालन गरिरहेका व्यवसायिलाई व्याजदर छुट गरेको बैंकले जनाएको छ । 

यसरी पुनर कर्जा सुबिधाकालागी कोरोनाको असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न बर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ । 

बैंकले १०३ वटा शाखामार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved