
महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited मा घोटाला गरेको आरोपमा शाखा प्रबन्धक सहित ६ जना पक्राउ परेका छन् । बिभिन्न ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिन सफल भई बैंकलाई घाटा पुर्याएको आरोपमा केन्द्रीय अनुसन्धान विभाग सीआईबिले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैंकको पुर्ण राई (ऋणी), देवानन्द राई (ऋणी), सन्दिप लिम्बु (ऋणी). स्मृती राना (शाखा प्रवन्धक), पिंकु पालिखे (शाखा प्रबन्धक), र अनिस सिंह सिजापती (शाखा प्रवन्धक) रहेका छन् ।
उनीहरुमाथि कुमारीपाटी शाखाबाट ऋण लिई बैंकलाई सात करोड बयालिस लाख एकसठ्ठि हजार सात सय त्रिचालिस र बयसी पैसा रकम नतिरी हानी नोक्सानी पुर्याएको आरोप छ ।उनीहरुलाई बैंकिङ कसूर मुद्दा चलाउनको ;लागि कानूनी प्रकृया अगाडी बढाइएको सिआईबिले जनाएको छ ।