
 2mb (1).gif)
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरमा छुट पाउने भएका छन् । बैंक र पोखरामा अवस्थित सो अस्पतालबीच सोमबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् ।
उक्त सम्झौतामा हस्पिटलका अध्यक्ष रमेश कुमार थापा र बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका ग्राहकले हस्पिटलका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।