सुनकर्जामा ७ करोड घोटालाबारे महालक्ष्मी विकास बैंकले मुख खोल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2020 | 07:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंक Mahalaxmi Bikas Bank Limited  ले आफ्नै कर्मचारीको संलग्नतामा सुनकर्जामा घोटाला भएको बिषयलाई लिएर भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताएको छ। बैंकले एक बिज्ञप्ती मार्फत यस बिषयलाई लिएर प्रकाशित भएका समचारहरु प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

यस बिषयमा अध्ययन गर्न बैंकद्वारा गठित आन्तरिक छानविन समितिले सुन कर्जामा कैफियत देखिएको  र विगो असुल उपरका लागि प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिईएको बैंकले जनाएको छ। 

अनुसन्धानकै क्रममा रहेको बिषयबारे टिकाटिप्पणी हुँदा अनुसन्धानलाई प्रभाव पर्न सक्ने बैंकले आशंका गरेको छ। निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसीमका कुनैपनि तथ्य विपरीतका समाचार प्रकाशन र प्रसारण नगरीदिनलाई बैंकले आग्रह गरेको छ। 

त्यस्तै यस प्रकरणमा बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेशण भई रहेको बैंकको दाबी छ। 

यसअघि:  महालक्ष्मी विकास बैंकमा ७ करोड घोटाला, शाखा प्रबन्धक सहित ६ जना पक्राउ

बिज्ञप्तीमा भनिएको छ,  निक्षेकर्ता तथा शेयरधनी महानुभाबहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिनुहुन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक लि. हार्दिक अपिल सहीत विनम्र अनुरोध गर्दछ ।  

सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिएको बैंकको भनाई छ। तत्कालीन सुनजांचकी र सुन धितोराखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनले देखाएको छ। 

कुमारीपाटी ललितपुर शाखामा कार्यरत बैंकका कर्मचारीबाट सुनकर्जामा कैफियत भएको बैंकले गठन गरेको आन्तरिक छानबिन समितिले पुष्टि गरेको छ। सुनजांचकिको रुपमा उक्त शाखामा नयाँ कर्मचारी खटाउँदा त्यहाँ कार्यरत कर्मचारीबाट नै कमतौलमा बढी कर्जा दिइएको बारे खुल्न आएको हो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved