मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2021 | 07:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लाभांश सहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो। त्यस्तै सभाले   आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ  । 

सभामा संचालक समितिका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा  बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट प्राप्त सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए।

बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराएको थियो।  उक्त 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved