
 2mb (1).gif)
सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपूरस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्थायी चिकित्सकलाई बिना धितो कर्जा दिने भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा आवद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएको हो ।
अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेको उपस्थितिमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकका सबै शाखाहरुबाट यो सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९२ शाखा, ३१ एटिएम मार्फत सेवा दिँदै आएको छ ।