
 2mb (1).gif)
गरिमा विकास बैंकले ‘मेरो शेयर बचत खाता’ सार्वजनिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्ने बै.कले जनाएको छ । पहिला नै डिम्याट खाता हुने ग्राहकले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बताईएको छ ।
बैंकले ‘मेरो शेयर बचत खाता’मा ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर बजारको स्तरोत्रतीमा सहयोग पु¥याउने यो खाता योजनाको मुख्य उद्घेश्य रहेको बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।
गरिमा विकास बैंकले हाल १०६ शाखा, र ५१ ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आएको छ ।