कामना सेवा विकास बैकले सुरु गर्यो 'ट्याप एण्ड पे' सेवा, कार्ड नघोटी भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 04:53:36 PM मा प्रकाशित

laxmi bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशन प्रविधिमा आधारित उक्त कार्ड पिओएस युक्त अर्थात ट्याप सुविधा भएको पिओएस मेसिनहरुमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पिओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटिएम मार्फत सेवा  प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved