राष्ट्र बैंकले माग्यो विकास बैंकहरुले गरेका शेयर लगानीको विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 12:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विकास बैंकहरुसँग शेयर लगानीको विवरण माग गरेको छ । राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागले सबै विकास बैंकहरुसँग विकास बैंकहरुले पीएमएस मार्फत गरेको शेयर लगानीको विवरण माग गरेको हो ।

राष्ट्र बैंकले कुन विकास बैंकले कुन कुन कम्पनीको शेयरमा कति लगानी गरेका छन् भन्ने विवरण माग गरेको हो । विकास बैंकहरुले राष्ट्र बैंकले मागे अनुसार कै विवरण राष्ट्र बैंकमा पठाईसकेको बताएका छन् । एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीसँग भने ' राष्ट्र बैंकले पीएमएस मार्फत गरिएका शेयर लगानीको विवरण माग गरेको थियो, ति विवरण हामीले पठाई सकेका छौ' । उनका अनुसार राष्ट्र बैंकले लघुवित्त क्षेत्रको मात्र नभई लगानी गर्न मिल्ने सबै क्षेत्रमा गरिएको शेयर लगानीको विवरण माग गरेको हो । 

राष्ट्र बैंकका विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशन ऋषिकेश भट्टले ति विवरण माग गरिएको पुष्टि गरेका छन् । उनले विकास बैंकहरुको शेयर लगानीको अवस्था बुझ्नको लागि मात्र विवरण माग गरिएको बताए । उनले भने 'यो कारवाही गर्ने वा लगानी गर्न बन्देज गर्ने विषय सँग सम्बन्धित विषय होइन, हामीले स्थिति बुझ्नको लागि मात्र विवरण माग गरेका हौ ' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved