रिक्साको भाडा तिरेर भैरहवामा क्यूआर कोडबाट भूक्तानी सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 04:26:47 PM मा प्रकाशित

laxmi  sunrise bank


भैरहवाका रिक्सा चालकलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक Shine Resunga Development Bank Limited ले क्यूआर कोड हस्तान्तरण गरेको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन्  ।

ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरी निदेएशक फुयालले ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी सेवा सुरु गरेका हुन् । ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित बताए । 

डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरण गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसन तर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवा विस्तार गर्दै आएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved