मुक्तिनाथले सुरु गर्यो 'आस्क मुक्ति भाई' भर्चुअल सहायता सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 02:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले  भर्चुअल (अनलाइन ) सहयाता सेवा संचालनमा ल्याएको छ। बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि 'आस्क मुक्ति भाई'  नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको हो। 

यस भर्चुअल सहयाता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ  । बैंकका अनुसार आर्टिफिसियल इन्टेलिजेन्समा   आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याईएको छ । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्ने छन् । 

यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाई' वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved