नारी दिवसमा मुक्तिनाथको ‘नारी विशेष अफर’, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 03:05:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । अफर अन्तरगत फागुन १६ देखि  फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । डेबिट कार्डको लागि फारम या आवेदन पनि अफर समय अवधि भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्नसक्ने छन् । नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको बताएको छ । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved