मुक्तिनाथका ग्राहकलाई बुढानिलकण्ठको होटल सबरीनामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 04:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले बुढानिलकण्ठको होटल सबरीनामा छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले उक्त होटलमा बसाई, खाना, बेबरेज, बेकरी तथा सोना सेवा लिदा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि मिलाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved