नारी दिवसको अवसर पारेर सांग्रिलाले सुरु गर्यो ‘नारी बचत खाता’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 06:25:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले नारी दिवसको अवसरमा ‘नारी बचत खाता’ को सुरुवात गरेको छ । १८ वर्ष उमेर पुगेका महिलाहरुलाई ध्यानमा राखेर यो खाता योजना सुरु गरिएको बैंकले जनाएको छ ।

यो खाता खोल्ने ग्राहकले वार्षिक ५ प्रतिशतका दरका दरले मासिक ब्याज भूक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो योजनामा बैंकले मोबाइल बैंकिङ तथा भिषा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निशुल्क गरिएको छ । 

यो सेवा बैंकको हाल सञ्चालनमा रहेका ९३ वटै शाखाबाट प्राप्त हुने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved