शाइन रेसुंगा बैंक सुदूरपश्चिम पुग्यो, महेन्द्रनगरमा खुल्यो पहिलो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 06:28:56 PM मा प्रकाशित

laxmi sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाको सुदूरपश्चिममा यो पहिलो शाखा हो । 

उक्त शाखाको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रुपमा बुधबार उद्घाटन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले देशभरका ८ वटा मध्ये काठमाडौं बाहिरको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक शाइन रेसुंगाले  सातै प्रदेशमा बैंकिङ सेवा दिने लक्ष्यसहित अघि बढेको र डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बताए । 

३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् । योसंगै बैंकका ७६ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा आएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved