
 2mb (1).gif)
मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ६ देखि चैत्र १३ गतेभित्र बैंकको सामान्य बचत खाता खोलेमा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।
यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन यहीँ अफर अवधिभित्रै दिनुपर्नेछ । ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।
होली सप्ताह अफरसँगै ग्र्राहकले चाहानुभएमा निशूल्क डिम्याट खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।