रुपाका किसानलाई ग्रीन डेभलपमेन्ट बैंकले बिना धितो ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 03:19:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कास्की जिल्लाको रुपा गाउँपालिकाका किसानहरुलाई ग्रीन डेभलपमेण्ट बैंक Green Development Bank Limited ले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । गाउँपालिका र बैकबीच भएको सम्झौता अनुसाररुपा गाउँपालिका क्षेत्रका किसानलाई बैंकले ऋण दिने भएको हो ।

शिक्षित वेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुलाई विदेशमा आर्जन गरेको सिप र दक्षता उपयोग गर्दै स्वरोजगार वनाउन महिला उद्यमशिलता विकास गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात रुपाका किसानहरुले विना धितो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले गाउँपालिकाको जमानीमा विभिन्न कृषी तथा पशुपालन सम्वन्धी व्यवसाय गर्नको लागि ऋण उपलव्ध गराउने सीईओ आचार्यले जानकारी दिए । 

सहुलियतपूर्ण कर्जा लिदाँ महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत छुट पाउने छन् । 

बैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लाका १३ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved