बैंकिङ फ्रडबारे गरिमाले थाल्यो, ‘रहनुहोस् होसियार’ अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 06:04:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाईरहेको छ । यस अभियानअन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud/Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । 

चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्गमार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टि. विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । 

हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved