कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्यु आर कोड वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 06:42:59 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले रुपन्देहीमा अटो व्यवसायीहरुलाई क्यु आर कोड वितरण गरेको छ । बैंकले बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध व्यवसायीहरुलाई क्यु आर कोड वितरण गरेको हो।

नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहँुच पुुरयाउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यु आर कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई क्यु आरकोड वितरण गरेको हो ।

लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंकका बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा  बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई क्यु आर कोड हस्तान्तरण गरेका हुन्।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved