महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्सबिचको सहकार्यमा महालक्ष्मी विकास बैंकको पालुङ शाखाबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा रकम हस्तान्तरण गरिएको छ ।
जस अनुसार बैंकले बीमा बापतको ६ लाख सात हजार पाँच सय हकवालालाई हस्तान्तरण गरेको छ। थाहा न. पा. वार्ड नं. १० का मृतक बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी मृतक देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण भएको हो। विष्णु मगरको हकवाला कल्पना घर्तीलाई ५ लाख २५ हजार र देगु माया बलामीको हकवालालाई ८२ हजार ५ सय रकम प्रदान गरेका हुन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्मालर मृतकको निवासमा गई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ।
उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने जानकारी दिएकी थिईन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने बताएका थिए।