कोभिड संक्रमणबाट बचेर सेवा प्रवाह गर्न एशोसियसनको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 10:25:21 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंक एशोसियसन नेपालले बैंक तथा वित्तीय संस्थाहरूलाई कोभिडको संक्रमणबाट बचेर सेवा प्रवाह गर्न अनुरोध गरेको छ । एशोसियसनले प्रेष विज्ञप्ति जारी गरी संक्रमणबाट बँच्न डिजिटल बैंकिङ्बाट कारोबार गर्न अनुरोध गरेको हो । 

यस विषम परिस्थितिले आफु सुरक्षित हुँदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउदै बैंकिङ् सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि चुनौति थपिएको एशोसियसनले जनाएको छ ।  

एशोसियसनले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्न, प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र ओर्क फरम होमको माध्यमबाट कार्य गराउन, सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउन आग्रह गरेको हो । 

यस्तै ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्न, संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न, ग्राहकहरुलाई परिस्थिति केही सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गने साथै नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन \ नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्न अनुरोध गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved