महालक्ष्मी विकास बैंकको मोबाइल एपबाट कारोबार गर्दा एक सय पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 11:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा योजना सञ्चालनमा ल्याएको छ । बैंकको २७ औं बार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो । 

यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गते देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १ सय प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्यू आरकोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved