गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 12:51:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो । 

गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोका सम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहने महानुभावहरुलाई अझ सहज हुने बैंकले जनाएको छ । बैंकका अनुसार यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ । 

जस अनुसार बैंकको केन्द्रीय कार्यालयको गुगल प्लस कोड M 7MV7P85C+QP  रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत बैशाख १३ गते सबै बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड कार्यन्वयनमा ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले आफ्नो ब्यबस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गराउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । सोहि अनुसार मुक्तिनाथले कोड कार्यन्वयनमा ल्याएको हो ।

प्लस कोड भनेको गुगलले संचालनमा ल्याएको गुगल म्याप्स एप्लिकेशनमा आधारित जीपीएस प्रणालीको लोकेसन कोड हो । यो कोड मार्फत जुन सुकै लोकेशन पनि सहजै पत्ता लगाउन सकिन्छ । गुगल म्याप्समा पनि कोड अनुसारको लोकेशन हेर्न सकिन्छ ।

राष्ट्र बैंकले सबै सेवाग्राहीको ठेगानामा गुगल प्लस कोड पनि उल्लेख गर्न निर्देशन दिएको हो । जस अनुसार घरधनीहरुले आफ्नो घर रहेको स्थानको कोड अध्यावधिक गराउन सक्ने छन् भने भाडामा बस्नेले घरबेटीको घरको प्रवेशद्वारालाई आधार मान्नु पर्ने ब्यबस्था छ ।

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले गुगल प्लस कोड प्रयोगमा ल्याएको हो। यसको लागि विभागले गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया, २०७७ कार्यविधि तयार पारेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved