नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति,तर राष्ट्र बैंकले राख्यो यस्तो सर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 02:47:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट सर्त सहित हकप्रद निष्काशनको अनुमति पाएको हो । 

गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभा मार्फत बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापुंजीको दुई सय प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । 

तर राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको छ ।  बैंकलाई शतप्रतिशत हकप्रद मात्रै निष्काशनको अनुमती दिईएको राष्ट्र बैंकले जेठ २० २०७८ मा बैंकलाई लेखेको पत्रमा उल्लेख छ । 

सेयरको दोस्रो बजारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर प्रति कित्ता ७७० रुपैयाँमा कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved