कामना सेवा विकास बैंकको शाखा ललितपुरको नख्खु दोबाटोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 03:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank
कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले आफ्नो शाखा विस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।

बैंकका अनुसार हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्द्धाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भच्र्युवल उपस्थिति रहेको थियो ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेको थिए । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने बैंकले जनाएको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved