कम्प्युटर एसोसियसनका सदस्यले ज्योति विकास बैंकबाट बिना धितो ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 06:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited र कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) बीच सम्झौता भएको छ । 

बैंक र क्यानबीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनका लागि सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको हो । 

बैंकले क्यानमा आवद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्ने भएको छ ।

क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved