कामना सेवा विकास बैंकको शाखा ललितपुरको हात्तीवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 08:47:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेड Kamana Sewa Bikas Bank Limited  ले ललितपुरको हात्तीवनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले ललिपुरको महालक्ष्मी नगरपालिका वडा ४ स्थित हात्तीवनमा आजदेखि उक्त शाखा संचालनमा ल्याएको हो। 

यससंगै बैंकको शाखा सङ्ख्या १२९ पुगेको छ भने काठमाडौं उपत्यकामा बैंकका २४ वटा शाखा पुगेका छन।  हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाको उद्घाटन गरे। 

उक्त समारोहमा सञ्चालक सिता घिमीरे, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति थियो भने अन्य सञ्चालकहरुको समेत भर्चुवल उपस्थिति रहेको थियो । 

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved